Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अवैधानिक बाटो हुँदै अमेरिका हिँडेका ४९ जना नेपाली फिर्ता

अवैधानिक बाटो हुँदै अमेरिका हिँडेका ४९ जना नेपाली फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०८० मंगलवार • २३:२१:३१ बजे
  • 1.7K
    SHARES
  • अवैधानिक बाटो हुँदै अमेरिका हिँडेका ४९ जना नेपाली फिर्ता

    अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्किस एयरलाइन्सको जहाजमार्फत् फिर्ता पठाइएको हो। उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए ।

    images

    स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत् काठमाडौंमा अवतरण गराइएको छ । अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेमा नेपालीहरू पनि धेरै रहेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताए ।

    उनका अनुसार पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। 'मानव तस्करहरूको ठूलो सञ्जाल रहेको छ । असोज १८ देखि २२ गतेसम्म दुई सय ९० जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिकालगायत अन्य देश जान भनी हिँडेका नक्कली कागजातसहितका नेपालीहरूलाई फर्काइको छ,' पंगेनीले भने ।

    'अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ,' उनले भने, 'भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसारहित यात्राका अनिवार्य सर्त पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसाविनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् ।'


    ब्युरोका अनुसार यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या वार्षिक दुई हजारभन्दा बढी रहेको छ । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । नेपालको नक्कली रहादानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology