Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जा वालिङमा गाई काटेको आरोपमा तीन जना पक्राउ

स्याङ्जा वालिङमा गाई काटेको आरोपमा तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७७ बिहिवार • २२:५९:०१ बजे
  • 1.2K
    SHARES
  • स्याङ्जा वालिङमा गाई काटेको आरोपमा तीन जना पक्राउ

    वालिङ - गाई काटेर खाने तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १०ः०० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र वालिङ–१३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की पक्राउ परेका हुन् ।

    उनीहरुले मासु खानका लागि जिउँदो गाई काटेर मासु भाग लगाएको र टाउको र खुट्टा जौबारीस्थित नारायण भुसालको बाँझो जमिनमा खाडल खनी पुरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए । प्रहरी, पशु सेवा कार्यालय गल्याङका पशु चिकित्सक, प्राविधिकसहितको टोलीले उक्त स्थानमा गई खाडल खोतलेर हेर्दा गाईको टाउको, चार खुट्टा, आन्द्रा र भूँडी कुहेको दुर्गन्धित अवस्थामा फेला परेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology