आश्विन १६, २०७७ शुक्रवार
•
१६:०३:०४ बजे
पोखरा - शुक्रबार पोखरामा थप ७ सहित गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ११ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय द्दरा जारी दोस्रो बिज्ञप्ती अनुसार पोखरा महानगर पालिका वडा नं ४ का ६८ वर्षीय पुरुष, वडा नं ५ का २९ वर्षीय पुरुष र २९ वर्षीय महिला , वडा नं ६ का ५९ वर्षीय पुरुष, वडा नं ७ का ४९ वर्षीय पुरुष, वडा नं १४ का २९ वर्षीय महिलाका साथै पोखरा ३२ का ४७ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै लमजुङ जिल्ला सुन्दरबजार नगरपालिकाका वडा नखुलेका २५ र ४९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्याङ्जा जिल्ला वलिङ नगरपालिका ५ र १४ का ३० र ४५ वर्षिय पुरुषमा समेत कोरोना पुश्टी भएको हो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९८६ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएका सबै संक्रमितहरु सोहि अस्पतालको फिभर क्लिनिकमा परिक्षणको लागि आएका र अन्य सबैजना contact tracing बाट पहिचान भएको , संक्रमित सबैलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए ।