Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उन्नाइस दिनकी सुत्केरी पहिरोले घर भत्किएपछि पौवामा बास , राहतमा पाएको खानाले चल्दैछ दैनिकी

उन्नाइस दिनकी सुत्केरी पहिरोले घर भत्किएपछि पौवामा बास , राहतमा पाएको खानाले चल्दैछ दैनिकी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • ०६:३५:०४ बजे
  • 2.0K
    SHARES
  • उन्नाइस दिनकी सुत्केरी पहिरोले घर भत्किएपछि पौवामा बास , राहतमा पाएको खानाले चल्दैछ दैनिकी
    अर्घाखाँची – उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपालीले एक सातादेखि शितगङ्गा नगरपालिका­-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहेकी छिन्। यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्नु बाध्य भएकी हुन्।

    ‘बस्दै आएको घर पहिरोले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ। बच्चालाई जेनतेन स्याहार गरेकी छु’, उनले भनिन्, ‘आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो। पछि राहत आएपछि भात खान पाएको छु।’

    उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी छिन्। उनी पनि पहिरोले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ।

    शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिरोको जोखिममा छन्। सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ। नगरपालिका­ १२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

    कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए। ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरुपमा भत्किएका र १३ घर पहिरोको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिरोको जोखिममा रहेका छन्। पहिरोको क्षतिको यकिन विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology