Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग

विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण २१, २०८० सोमवार • १८:४१:२८ बजे
  • 2.7K
    SHARES
  • विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग

    विश्वकर्मा एकता समाज  नेपाल कुवेतले मुटुरोगी नाबालकलाई ४४ हजार बढी आर्थिक सहयोग गरेको छ । 

    images

    बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन । 

    नाबालक सहिमको  मुटु सम्बन्धी समस्या भएको हुदा घरको आर्थिक अवस्था पनि निकै नाजुक रहेकाले विश्वकर्मा एकता समाज कुवेतको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो ।  नाबालक सहिमको उपचारका लागि  कुवेतमा रहेका विभिन्न सस्था तथा व्यक्ति बाट आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हो । 

    विश्वकर्मा एकता समाज कुवेत बाट ५२ कुवेती दिनार ( रु. २२,३६८), नेपाल कुवेत सास्कृतिक मन्च बाट ३१ कुवेती दिनार ( रु. १३,३३५) , रमेश नेपाली बाट ११ कुवेती दिनार ( रु. ४,७३१) , दुर्लब शर्मा बाट ५ कुवेती दिनार ( रु. २१५० )  र दिल श्रीपाली बाट ५ कुवेती दिनार ( रु. २१५० ) सहयोग प्राप्त भएको हो ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology