Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा अवैध कामदारका लागि आममाफीको घोषणा, १ लाख २० हजारभन्दा बढी अवैध कामदार लाभान्वित हुने

कुवेतमा अवैध कामदारका लागि आममाफीको घोषणा, १ लाख २० हजारभन्दा बढी अवैध कामदार लाभान्वित हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २, २०८० शुक्रवार • ०५:४७:१६ बजे
  • 1.4K
    SHARES
  • कुवेतमा अवैध कामदारका लागि आममाफीको घोषणा, १ लाख २० हजारभन्दा बढी अवैध कामदार लाभान्वित हुने

    कुवेतले अवैध आप्रवासी कामदारलाई आममाफी  दिने निर्णय जारी गरेको छ । कुवेतले मार्च १७ देखि जुन १७ सम्म‌ आफ्नो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको अवसर दिने घोषणा गरेको हो ।

    images

    उक्त अवधिमा कुवेतमा आममाफीको अवसरमा समावेश हुने विदेशीहरूको संख्या १ लाख २० हजारभन्दा बढी हुने अनुमान गरिएको अरब टाइम्सले जनाएको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने जनाएको छ । उक्त अवसरबाट नेपालीहरु पनि लाभान्वित हुने भएका छन् ।

    मुस्लीम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसरमा यो निर्णय लिइएको हो । कुवेतका राजा अमिर शेख मिशाल अल-अहमद अल-जाबेर अल-सबाहले सत्ताको सम्हाले संगै राज्यको मानवीय भूमिकालाई सबै तहमा सुदृढ गर्न र मानवीय कार्यको लागि आफ्नो मिशन पूरा गर्न पहल गरिरहेको छ ।  आन्तरिक मन्त्रालयका अनसार कानूनको उल्लङ्घन गर्नेहरूलाई तोकिएको जरिवाना तिरेर मार्च १७, २०२४ देखि जुन १७, २०२४ सम्मको अवधिमा प्रक्रियाहरू पूरा गरि वैधानिकता लिन अनुमति दिइनेछ । तर जरिवाना तिर्न नसक्ने वा तोकिएको अवधिमा प्रक्रियाहरू पूरा गर्न नसक्नेहरूले कुनै जरिवाना नतिरिकन देश छोड्न सक्ने छन र नयाँ प्रक्रिया मार्फत कुवेत फर्कन अनुमति दिइनेछ ।

    आममाफीको अवसरमा पनि तोकिएको अवधिमा वैधानिकता लिनका लागि प्रक्रियाहरू नगर्ने वा देश नफर्किने आप्रवासी कामदारका लागि कुवेतमा बस्न अनुमति दिइने छैन साथै देशबाट निकालिने र कालोसूचीमा राखिनेछ । सुरक्षा स्रोतहरूका अनुसार गभर्नरेटहरूमा रेसिडेन्सी मामिला विभागहरूले अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको अवसरमा प्रकृया अपनाएर स्वदेश फर्किने वा वैधानिक भएर काम गर्नेका लागि संशोधन गर्ने प्रक्रिया पूरा गर्न आवश्यक सबै तयारीहरू गरेको जनाएको छ । कानून उल्लङ्घन गर्नेहरूका लागि वैधानिकता लिनको लागि जरिवाना अधिकतम ६०० कुवेती दिनार सम्म लाग्ने जनाएको छ ।  

    गत वर्ष मन्त्रालयले स्वदेश फर्किन पाउने अधिकार नभएका ४२ हजार निवासी कानुन उल्लङ्घन गर्नेलाई देश निकाला गर्न सफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology