Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल रेडक्रस सोसाइटीलाई रक्त संकलन बस औपचारिक रुपमा हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीलाई रक्त संकलन बस औपचारिक रुपमा हस्तान्तरण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • १६:२६:४२ बजे
  • 1.7K
    SHARES
  • नेपाल रेडक्रस सोसाइटीलाई रक्त संकलन बस औपचारिक रुपमा हस्तान्तरण

    रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा आज रक्तदानको साथै औपचारीक रक्त संकलन बस हस्तान्तरण कार्यक्रम भएको छ ।  रोटरी नेपाल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर रो.विष्णुहरि तिमिल्सीनाको प्रमुख आतित्यथामा पोखराको सृचनाचोक स्थित साइमोन पार्टी प्यालेसमा कार्यक्रम भएको हो । 

    स्वार्थ भन्दा माथि सेवा भन्ने मुलमन्त्रका साथ मानवीय सेवाका क्षेत्रमा क्रियासिल रोटरी इन्टरनेशनल–३२९२ अन्तर्गत गठित रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र दक्षिण कोरियाको इन्टरनेशनल पार्टनर क्लब रोटरी क्लब अफ याइजुको सहकार्यमा दि रोटरी फाउण्डेसन ग्लोबल ग्राण्ट नं १९८०२९३ बाट नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्त संचार सेवा कास्कीद्धारा संचालन गर्ने गरी उक्त रक्त संकलन बस औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

    विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण रक्तदान कार्यक्रमको प्रभावित भई रक्त संकलन, रक्ततत्व उत्पादन र वितरणमा समस्या भएको कुरालाई मध्यनजर गर्दै उक्त रक्त संकलन एम्बुलेन्स बसको चावी अनौपचारिक रुपमा नेपाल रेडक्रस सोसाइटि कास्कीलाई केही महिना अगाडि मात्र परिस्थित अनुकुल मिलाएर औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गर्ने पत्रसहित रक्त संकलन अभियानमा प्रयोग गर्न बस उपलब्ध गराएको थियो । 

    सोही पत्रसहित आज औपचारिक कार्यक्रमको आयोजना गरी सो रक्त संकलन एम्बुलेन्स बस क्लबका अध्यक्ष रो. आचार्यसहित प्रमुख अतिथि रोटरी नेपाल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर रो.विष्णुहरि तिमिल्सीनाद्धारा नेपाल रेडक्रस सोसाइटि कास्कीका सभापति डोलराज पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

    यस्तै सोही कार्यक्रममा रक्तदान गर्दा आवश्यक पर्ने प्रोजेक्टर, कुर्सी, एयरकन्डिसनर, प्रिज लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा ४६ यूनिट रगत समेत संकलन भएको छ । 
    कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा यस प्रोजेक्टका पहिलो कन्ट्याक र्पसन रो. रोज गुरुङ्गले स्वागत मन्तव्य राख्नुको साथै रक्त संकलन बसको बारेमा संक्षिप्त रुपमा प्रकाश पनि बारे छन् ।
     
    त्यस्तै सो र्कायक्रममा अतिथिका रुपमा उपस्थि इनरहुइल नेपाल डिष्ट्रीक भाइस चियर पर्सन सरसित पालिखे, रोटरी डिष्ट्रीक ३२९२ का एजी रो.विष्णु हरि तिमिल्सीनाका साथै पोखरा महानगरपालिका वडा न. ८ का वडा अध्यक्ष रुद्रनाथ बराललगायतले आ–आफ्नो मन्तव्य समेत राखेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology