Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी (भिडियो सहित)

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी (भिडियो सहित)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र १५, २०८० बिहिवार • १६:३०:४३ बजे
  • 1.5K
    SHARES
  • कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी (भिडियो सहित)

    कुवेत - सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको कुनै सत्यता नभएको पुष्टी भएको छ । 

    images

    अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर सामाजिक संजालमा भाइरल बनाउने जिवन गिरी र पदम थापाले माफी मागेका छन । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको सकृयतामा कुवेतमा हुदै नभएको घटनालाई लिएर अफवाह फैलाउने उक्त व्यक्तिहरुलाई खोजि गरिएको थियो । महाबुलास्थित नमस्ते नेपाली रेस्टुरेन्टमा २७ मार्चका दिन एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको सामु उनीहरुले अब कहिले पनि यस्तो गल्ती नदोहोराउने भन्दै माफी मागेका हुन । 

    वैदेशिक रोजगारका लागि करिब सात महिना पहिले उनीहरु कुवेत आएका हुन । उक्त भिडियो पदम थापाले टिकटकबाट डाउनलोड गरेर जिवन गिरीलाई दिएको बताए । जिवन गिरीले भिडियोमा आफ्नो आवाजमा इडिड गरेर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

    सामाजिक सञ्जालमा आएका अप्रमाणित विषयलाई सत्य तथ्य नबुझी भ्रम नफैलाउन उपस्थित व्यक्तिहरुले ध्यानाकर्षण गराएका थिए । साथै सामाजिक संजालमा आएका भिडियोलाई तोडमोड गरी कुवेतमा रहेका नेपालीहरु र नेपालको बदनाम नगराउन एनआरएनए एनसीसी अध्यक्ष रणध्वज लामाले अनुरोध गरेका थिए । कुवेतमा केही समय पहिले पनि बङ्गाली प्रेमीद्वारा नेपाली प्रेमिकाको हत्या गरिएको भनेर एउटा भिडियो भाईरल भएको थियो । तर त्यो भिडियोको पनि अहिलेसम्म कुवेतकै हो भन्ने कुनै  पुष्टी भएन ।

     भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।

     

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology