Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • १७:०१:५२ बजे
  • 4.1K
    SHARES
  • कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु
    शनिबार बिहान कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलमा ग १० प २१२२ नं.को स्कुटर बिहान ४ : ३० बजे दुर्घटना हुदाँ  स्कुटरको पछाडी सवार स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका– ६ निवासी २६ वर्षीय पुस्कर बस्नेतको मृत्यु भएको हो । 

    कास्की जिल्लाबाट पर्वत जिल्लातर्फ जादै गरेको उक्त स्कुटर कास्की र पर्वत जिल्ला जोड्ने पुलको बारमा ठोक्किँदा र्दुघटना भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६।३० मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते स्कुटर चालक स्याङ्जा आधिखोला गाउँपालिका–६ निवासी २५ वर्षीय सन्तोष न्यौपानेको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान अगाडि वढाएको  छ ।

  • सम्बन्धित विषय:

  • # स्कुटर दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology