Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवा संजाल

म्याग्दीको दर्वाङमा गाउँपालिका स्तरीय दलित युवा संजाल गठन

म्याग्दीको दर्वाङमा गाउँपालिका स्तरीय दलित युवा संजाल गठन

बादल शाही

बादल शाही

आश्विन १७, २०७७ शनिवार • २१:२१:३५ बजे
  • 3.7K
    SHARES
  • म्याग्दीको दर्वाङमा गाउँपालिका स्तरीय  दलित युवा संजाल गठन
    म्याग्दीको पश्चिम  दर्वाङमा गाउँपालिका स्तरीय दलित युवा संजाल गठन भएको छ । दलित समुदायको हकहित र युवा सशक्तीकरणको निम्ति मालिका गाउँपालिकामा पालिका स्तरीय दलित युवा संजाल गठन गरिएको हो । संयुक्त दलित संघर्ष समिती दर्वाङ म्याग्दीका सदस्य दम प्रकाश बस्यालको अध्यक्षतामा सप्पन्न कार्यक्रम दलित युवा संजाल म्याग्दी जिल्ला संयोजक किसान बिस्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    अहिले दलित युवाहरु आर्थिक रुपमा सबल हुनको निम्ति आर्थिक क्रान्तिमा समाहित हुन पर्ने र त्यसको निम्ति ब्यबसायिक बन्न पर्ने कुरामा प्रमुख अतिथिले जोड दिनु भयो । साथै अतिथी गोकुल रामदाम, वडा प्रतिनिधि गौरी सेन्चुरी लगायतले पनि मन्तव्य राख्नु भएको थियो भने संजालको आवस्यकता र महत्त्वका बारेमा दलित युवा संजाल म्याग्दीका सदस्य भोज बहादुर थापाले प्रष्ट पारेका थिए । मालिका गाउँपालिका स्तरीय गठित दलित युवा संजालको संयोजकमा दमप्रकाश बस्याल र सह-संयोजकमा सरु श्रीपाली चयन हुनु भएको छ ।
    त्यसै गरि सदस्यहरुमा याम दर्लामी, बालकृष्ण हर्मेल, भुपेन्द्र श्रीपाली, लाल बहादुर बिस्वकर्मा, गोबिन्द पटेल, तुल बहादुर श्रीपाली, बल बहादुर गोतामे, राजु बिक, लाल कुमारी बिस्वकर्मा, रतिमाया किसान, सृजना श्रीपाली, अमर बिक र रामबहादुर बिक चयन हुनु भएको छ । यसैगरी सल्लाहकारहरुमा गौरी सेन्चुरी, ख बहादुर पटेल र पोक बहादुर बिक चयन हुनु भएको हो ।
    दलित युवा संजाल जिल्ला कमिटी म्याग्दीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सरु श्रीपालीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन दम प्रकाश बस्यालले गर्नु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # जातिय बिभेद
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology