Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विरोधमा प्रदर्शन चर्किन थालेपछि प्रदर्शन रोक्न रुपन्देही प्रशासनद्वारा निषेधाज्ञाको घोषणा

विरोधमा प्रदर्शन चर्किन थालेपछि प्रदर्शन रोक्न रुपन्देही प्रशासनद्वारा निषेधाज्ञाको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७७ आइतवार • ०८:३८:५४ बजे
  • 1.4K
    SHARES
  • विरोधमा प्रदर्शन चर्किन थालेपछि प्रदर्शन रोक्न रुपन्देही प्रशासनद्वारा निषेधाज्ञाको घोषणा

    प्रदेश नंबर ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले विभिन्न स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले बुटवलका करिब एक दर्जन ठाउँलाई चार दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन प्रशासनले रोक लगाएको छ ।

    images
    स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो ।

    शनिबार राति साढे ८ बजे सूचना जारी गरी प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ । प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।

    त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।

    त्यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

    प्रशासनले निषेधित क्षेत्र तोकेपछि कांग्रेसले आह्वान गरेको रुपन्देही बन्द र रुपन्देहीका दुई दर्जन बढी व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा आइतबार बिहान संयुक्तरुपमा आयोजना गरेको प्रदर्शन प्रभावित हुने देखिएको छ ।

    राजधानी सार्ने प्रस्तावको विरोधमा हुने आन्दोलन रोक्न चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेकोप्रति कतिपय नेकपाकै कार्यकर्ता र स्थानीयले लोकतन्त्रविरूद्धको हर्कत भन्दै आलोचनासमेत गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology