Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमित सुत्केरीको निधन

बाँकेको कोहलपुरमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी कोरोना संक्रमित सुत्केरीको निधन

बाँकेको कोहलपुरमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी कोरोना संक्रमित सुत्केरीको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • ०९:५६:३३ बजे
  • 1.6K
    SHARES
  • बाँकेको कोहलपुरमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी कोरोना संक्रमित सुत्केरीको निधन
    बाँके - बाँकेको कोहलपुरमा कोरोना संक्रमित सुत्केरीको निधन भएको छ । बाँकेको कोहलपुर स्थित नेपालगण्ज मेडिकल कलेजमा उपचाररत कञ्चनपुर महेन्द्रनगर १ निवासी २९ वर्षीय एक महिलाको आज बिहान ४ :३० बजेको समयमा निधन भएको हो । 

    उनले एक छोरा र एक चूरी गरी जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन।  गर्भती भए देखीनै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछी पनि उक्च रक्तश्राव भएको  त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको अस्पतालले जनाएको छ । ।

    साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology