Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेश राजधानी विवाद : सत्तापक्ष नेकपाकै १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखे

प्रदेश राजधानी विवाद : सत्तापक्ष नेकपाकै १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १०:१९:२२ बजे
  • 955
    SHARES
  • प्रदेश राजधानी विवाद : सत्तापक्ष नेकपाकै १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखे
    बुटवल - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै  प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै विवाद भएको छ ।

    पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो ।

    त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

    बिहान ८ बजेदेखि झण्डै ८ घण्टा चलेको वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा।कृष्ण न्यौपानेले जानकारी दिए ।

    सांसदहरुले प्रदेशसभामा आफू्ना विचार निर्वाध रुपमा राख्नपाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएको सांसद तुल्सी चौधरीले बताए ।

    बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिएका र पार्टीको निर्णय बाहिर नजान निर्देशन दिएको वैठकमा सहभागी एक सांसदले बताए ।

    सचेतक भूमिश्वर ढकालले भने सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् ।

    https://mayurpati.com/news/2092

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology