Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा एक नेपाली युवतिले गरिन आत्महत्या

कुवेतमा एक नेपाली युवतिले गरिन आत्महत्या

चन्द्र गाेतामे

चन्द्र गाेतामे

जेठ १४, २०८१ सोमवार • १०:३४:५५ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा एक नेपाली युवतिले गरिन आत्महत्या

     

    images

    कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत पुगेकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।

    वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत  आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।

    IMG_3251.jpegमृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार , एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार 'घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी भईरहेको छ'।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology