Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ नेटाखर्ककी सुत्केरीको रक्तश्राव नरोकिएर हेलिकप्टरबाट उद्धार, जुम्ल्याहा शिशुलाई दिईन जन्म

बागलुङ नेटाखर्ककी सुत्केरीको रक्तश्राव नरोकिएर हेलिकप्टरबाट उद्धार, जुम्ल्याहा शिशुलाई दिईन जन्म

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १८:३३:१० बजे
  • 1.1K
    SHARES
  • बागलुङ नेटाखर्ककी सुत्केरीको रक्तश्राव नरोकिएर हेलिकप्टरबाट उद्धार, जुम्ल्याहा शिशुलाई दिईन जन्म
    बलेवा - स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।

    आज बिहान सुत्केरी भएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

    दुबै शिशुको तौलसमेत औसतभन्दा निकै कम छ । गाउँपालिका अध्यक्षले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका थिए । अपराह्न आएको हेलिकोप्टरले सुनारलाई गण्डकी अस्पताल पोखरामा पुर्याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । रासस

  • सम्बन्धित विषय:

  • # सुत्केरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology