Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनताले रक्सी पिए ५ हजार, जनप्रतिनिधिले खाए १० हजार जरिवाना

जनताले रक्सी पिए ५ हजार, जनप्रतिनिधिले खाए १० हजार जरिवाना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १९:०८:३४ बजे
  • 970
    SHARES
  • जनताले रक्सी पिए ५ हजार, जनप्रतिनिधिले खाए १० हजार जरिवाना

    काभ्रेको चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मादक पदार्थ पिएमा दोब्बर कारबाही गरिने भएको छ।  

    दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसार गर्ने क्रममा जनप्रतिनिधिले रक्सी खाएको पाइए दोब्बर कारबाही हुने चेतावनी पनि दिइएकाे हाे। 

    कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने उल्लेख छ। यस विषयमा गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताए।  

    ‘कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा खाएको भेटिए दोब्बर कारबाही हुने सन्देश दिइरहेका छौँ,’ उनले भने। उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारबाहीबारे उल्लेख नगएि पनि मदिरा पिएको भेटिए कार्यविधिमा तोकिएको जरिवाना/सजाय दोब्बर गरिनेछ। 

    कार्यविधि प्रचारप्रसार अभियान शनिबारदेखि सञ्चालन गरिएको हो। गौतमले भने, ‘आउँदो शुक्रबारसम्म कार्यविधिको प्रचारमा हुन्छौँ, सबै कार्यक्रममा जनप्रतिनिधि सामेल गराइएको छ।’ 

    आव २०७७/७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो। 

    कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारबाही गरिने उल्लेख छ। 

    गौतमका अनुसार मदिरा बेचबिखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ। 

    पहिलोपटक ५ हजार, दोस्रोपटक १० हजार र तेस्रोपटक  २० हजार जरिवाना गरिने जनाइएको छ।  

    सोभन्दा बढी पटक गरेको पाइएमा तेस्रोपटक गरिएको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ।

    ‘उल्लिखित कारबाहीपश्चात् पनि अटेर गरेमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन सिफारिस गरिनेछ,’ गौतमले भने।  

    उनका अनुसार मदिरा खाएर हो–हल्ला गर्ने, खान दिने र खानेलाई समेत कारबाहीको दायरामा ल्याइनेछ। विभिन्न जाति, आदिवासी जनजातिको रीतिरिवाज, संस्कार र संस्कृतिलाई कार्यविधिले कुनै असर नगर्ने गाउँपालिकाले जनाएको छ।  

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology