आश्विन १९, २०७७ सोमवार
•
१०:२८:२७ बजे
आश तमु पोखरा - - सोमबार पोखरामा एक सरकारी कर्मचारी सहित २६ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले बिहान १० : ०० दिएको अपडेट अनुसार २२ पुरुष र ४ महिला गरी पोखरामा २६ जनालाई संक्रमण पुष्टी भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न १४ का २२ र ५१ वर्षीय पुरुष र ५२ वर्षीय महिला , वडा न १७ का २० वर्षीय पुरुष ,वडा न १२ ३६ बर्षीय पुरुष ,वडा न ३० का ५१ वर्षीय महिला, वडा न १३ का ३६ वर्षीय महिला ,वडा न १९ का ५५ वर्षीय पुरुष, वडा न १० का २८ र ६४ वर्षीय पुरुष, वडा न ७ का २६ र २९ वर्षीय पुरुष ,११ का २८ र ३० वर्षीय पुरुष ,२२ का २९ वर्षीय पुरुष र वडा नखुलेका २० वर्षीय पुरुष रहेका छन ।
सवै भन्दा धेरै वडा न ३ मा रहेका छन । वर्ष २२ का दुई जना , २३ का एक जना ,२४ का एक जना ,२५ का दुई जना ,२६ का एक जना ,२७ का एक जना ,३० र ३८ उमेरका एक एक जना गरी १० जना रहेका छन ।
पोखरा महानगरपालिका १४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत हुन | पोखरा महानगरपालिका १४ का अर्का २२ बर्षीय पुरुष दुबईबाट र वार्ड नं १३ का ३६ बर्षीय महिला, वार्ड नं १९ का ५५ बर्षीय पुरुष , वार्ड नं १० का ६४ बर्षीय पुरुष भारतबाट आएकाको निर्देशानलयले जनाएको छ | यसै गरी पोखरा महानगरपालिका १२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक हुन | अन्य सबैजना कोन्तक्त् त्रकिङ् बाट पहिचान भएको हो | सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशानलयले जानकारी दिएको छ ।
यसै गरी नवलपरासी पुर्वका २० वर्षीय एक युवामा समेत संक्रमण पुष्टी भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२०२ पुगेको छ |