Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विराटनगर मुनालपथ स्थित विराट अस्पतालको दोस्रो तल्लाबाट बिरामीले हामफालेर आत्महत्या

विराटनगर मुनालपथ स्थित विराट अस्पतालको दोस्रो तल्लाबाट बिरामीले हामफालेर आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १२:३१:२२ बजे
  • 1.5K
    SHARES
  • विराटनगर मुनालपथ स्थित विराट अस्पतालको दोस्रो तल्लाबाट बिरामीले हामफालेर आत्महत्या
    विराटनगर - उपचारका लागि आइसियुमा भर्ना भएका एक बिरामीले विराटनगर मुनालपथस्थित विराट अस्पतालको दोस्रोतल्लाबाट हामफालेर आत्महत्या गरेका छन् ।


    मोरङ मिक्लाजुङ गाउँपालिका-७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान आत्महत्या गरेका हुन् । यो समाचार गणेश लम्सालले नया पत्रिकामा लेखेका छन। १७ असोजमा फोक्सोसम्बन्धी बिरामीको उपचारका लागि विराट अस्पतालमा भर्ना भएका उनी दोस्रो तलामा रहेको आइसियु कक्षमा उपचाररत थिए ।

    अस्पताल प्रशासन र प्रहरीका अनुसार गर्मी भएको बहाना गर्दै सोमबार विहान ५ बजे आइसियु कक्षबाट निस्किएका गजमेरले हाम फालेका थिए । दोस्रो तलाबाट हामफालेर सिकिस्त भएका उनलाई पुन आइसियुमा भर्ना गरिएपनि उनको बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

    आफन्तहरुले भने अस्पतालको हेलचेक्रयाँईले बिरामीको रहस्यम मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।

    मोरङ प्रहरी प्रवक्त्ता डिएसपी मानबहादुर राईले मृतक गजमेरको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology