Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच वटा शिशुलाई जन्म दिए

थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु,एक शिशुको गर्भमै मृत्यु

थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु,एक शिशुको गर्भमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १७:०९:५७ बजे
  • 1.4K
    SHARES
  • थापाथलीस्थित परोपकार प्रसुति गृहमा  एक महिलाले जन्माइन् पाँच शिशु,एक शिशुको गर्भमै मृत्यु
    एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्। थापाथलीस्थित परोपकार प्रसुति गृहमा  सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। कृतिपाल सुवेदीले जानकारी दिए।

    पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृत सहित ५ शिशुको जन्म भएको हो । अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा सुवेदीले बताए । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताए ।

    डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५ वटा शिशु शल्यक्रियामार्फत जन्मिएका हुन् ।

    ४ शिशुहरुको तौल क्रमश: १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

    सामान्यतया गर्भधारणका लागि महिलाले अण्डा उत्पादन हुने औषधि सेवन गरेमा वा कृतिम गर्भाधान आइबिएफ गराउँदा धेरै सन्तान जन्मिने सम्भावना हुन्छ ।

    ती महिलालले अण्डा उत्पादन हुने औषधि सेवन गरी गर्भाधान गरेकाले गर्भमा ५ शिशु रहेको डा सुवेदीले बताए ।
    तस्बिर : डा. कृतिपाल सुवेदीको फेशबुकबाट

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology