Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा नौ प्रहरी र दुई थुनुवा सहित १८ जनामा कोरोना पुष्टी

गोरखामा नौ प्रहरी र दुई थुनुवा सहित १८ जनामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १७:३२:३९ बजे
  • 781
    SHARES
  • गोरखामा नौ प्रहरी र दुई थुनुवा सहित १८ जनामा कोरोना पुष्टी
    गोरखा - सोमबार गोरखाका नौ जना प्रहरी र दुईजना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना असईसहित त्यहाँका दुई थुनुवा र बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठजना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
    त्यसैगरी गोरखामा सोमबार जिल्लाभर १८ जना कोरोना संक्रमित थपिएका छन् ।

    यी बाहेक बाह्रकिलो चौकीमा कार्यरत प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका परिवार भित्रका दुईजना पुरुष र फलफूल व्यापारी गोरखा नगरपालिका ११ का २२ वर्षका पुरुष र ४१ वर्षीया महिलामासमेत कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ । 

    गोरखामा विद्यालय पढाउन आएका एक शिक्षक र दुबईबाट फर्केका गोरखा नगरपालिका १३ मा होम क्वारेन्टिन बसेका अर्का एक गरी दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
    gor.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology