Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मयुरपाटी समाचार प्रभाव

मयूरपाटी समाचार प्रभाव : नियम विपरीत पार्किङ गर्ने सवारी चालक प्रहरीलाई तेव्वर जरिवाना

मयूरपाटी समाचार प्रभाव : नियम विपरीत पार्किङ गर्ने सवारी चालक प्रहरीलाई तेव्वर जरिवाना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १८:१८:१५ बजे
  • 5.7K
    SHARES
  • मयूरपाटी समाचार प्रभाव : नियम विपरीत पार्किङ गर्ने सवारी चालक प्रहरीलाई तेव्वर जरिवाना
    प्रसङ्ग हो म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा एक तर्फी पार्किङमा राखिएको सरकारी नम्बर प्लेटको सवारी साधनको नियम विपरित राखिएको प्रसङगलाई लिएर हाम्रो मयूरपाटीले "नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? तस्बीर आफै बोल्छ"
    समाचार नै राखे पछी सम्बन्धित बा२ ब ५८ ४६ नम्बर प्लेटको सवारी चालक प्रहरीलाई आमसर्वसाधारणलाई भन्दा तीन गुणा वढी जरिवाना तिराईएको छ ।
    कुनै महत्वपुर्ण कार्यबाहेक शक्तिको दुरुपयोग गर्दै सानालाई एन ठुलालाई चैन भने जस्तै  झझल्को दिने गरी एकतर्फी पार्किङमा सुरक्षा निकायका सम्बन्धित सवारी नै यसरी कानुन मिचेर तेर्सिदा कानुन कार्यान्वयनको खिल्ली उडाए झै भएन ? भन्दै मयूरपाटीले सम्पादकीय लेखेको थियो ।

    मयुरपाटीको समाचार प्रभावले निज बा२ ब ५८ ४६  सवारी चालकलाई आमनागरिकको तुलना भन्दा तेव्वर जरिवाना तिराएको छ । हामीले निज सवारी चालकलाई जरिवाना तिराइेको भनी खबर पाएपछी हामीले जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव निरिक्षक किरण जंग कुवरलाई यस बिषयमा बुज्दा उहाँले निज चालकलाई आम नागरिकलाई नियम उल्लघन गरेमा ५०० जरिवाना भए पनि कानुन कार्यान्वयन गर्ने पक्षबाट नै नियम उल्ल्घन भएको स्विकार्दै निजलाई व्यक्तिगत रुपमा १५०० रुपिया जरिवाना तिराइेको पुष्टी गरे ।

    "दुई हामीले गल्ती स्विकार गर्नै पर्छ, साघुरोबाटोमा दुई तर्फी पार्किङले  सवारी आवतजावतमा समस्या भए पछी दुई पाङ्ग्रेको हकमा एक तर्फी पार्किङको व्यवस्था गरेका हौ । चार पाङ्रेको हकमा भने हामीले बिकल्प खोज्दै छौ" उनले भने निज मोटर साइकल चालक कार्यालय प्रायोजनाम नभै व्यक्तिगत प्रायोजन रहेको हुदा उनलाई कारवाही गरिएको हो , कानुन मिच्ने हक कसैलाई छैन ।" 


    यस्तो थियो हामीले राखेको समाचार : 

    नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? तस्बीर आफै बोल्छ

    हिजोआज जिल्ला ट्राफिक कार्यालय म्याग्दीले ट्राफिक  नियम उल्लंघन गरेको प्रसंग र फोटो सामाजिक संजालमा छरपस्ट भएको छ । सरकारले नियम बनाउने तर त्यही नियम आफुले  नमान्ने गरेको लज्जास्पद घटना म्याग्दीको बेनीमा घटेको हो ।

    m2.jpgundefined
    जनतालाई चाहिँ नियम नमानेको आधारमा अनेक रसिद कटाउने तर जिल्ला ट्राफिक म्याग्दीले भने बजारको बीच भागको सडकमै गलत साइडमा सवारी पार्किङ गरेको हो । निषेध गरिएको ठाउँमा नै प्रहरीको भ्यान बाइक जस्ता सवारी साधन रोकिनुले सरकारी नियमको धज्जी उडाएको प्रष्ट हुन्छ ।"सरकारी नियम प्रशासनलाई हुन्छ कि हुन्न ? नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? लोकतन्त्रमा यस्तै हुँदो रहेछ" भन्ने  जस्ता प्रसंगका साथ सामाजिक संजालमा फोटो सहित स्टाटसहरु देखिन थालेका छन ।m3.jpgundefinedम्याग्दीको सदरमुकाम बेनी बजारको न्युरोडमा यसरी गलत तरिकाले ट्राफिक नियमको उल्लंघन गर्दै सेतो प्लेटका सवारीहरु पार्किङ हुँदै गर्दा ट्राफिक नियमको खिल्ली उडेको हो । नियम सबैका लागि र सधैंका लागि हुन पर्ने भन्दै देश बिदेशमा रहेका म्याग्देलीहरुले सामाजिक संजालमा आफ्ना बिचारहरु पस्केका छन ।m4.jpgundefined
    अझ सुरक्षा निकाय त झनै महत्वपुर्ण नियमनको कार्यान्यवन् गर्ने अनि अनुगमन गर्ने पक्ष हो । कुनै महत्वपुर्ण कार्यबाहेक शक्तिको दुरुपयोग गर्दै सानालाई एन ठुलालाई चैन भने जस्तै गरी झझल्को दिने गरी एकतर्फी पार्किङमा सुरक्षा निकायका सम्बन्धित सवारी नै यसरी तेर्सिदा कानुअन कार्यानव्यनको खिल्ली उडाए झै भएन र ?

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology