Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आफ्नै भतिजी बलात्कार गर्ने काका कास्की प्रहरीको नियन्त्रणमा , बच्चा जन्माएपछि खुल्यो पोल

आफ्नै भतिजी बलात्कार गर्ने काका कास्की प्रहरीको नियन्त्रणमा , बच्चा जन्माएपछि खुल्यो पोल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १८:४२:३२ बजे
  • 2.5K
    SHARES
  • आफ्नै भतिजी बलात्कार गर्ने काका कास्की प्रहरीको नियन्त्रणमा , बच्चा जन्माएपछि  खुल्यो पोल

    पोखरा - कास्कीमा गत पुसमा आफ्नै भतिजीलाई बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कास्की प्रहारीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा पक्राउ गरी अदालतमा पेश गरेका छन। सर्लाही प्रहरीको समन्वयमा २१ वर्षीय ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    images

    बलात्कृत १४ वर्षीया बालिकाले गत भदौ २९ गते छोरा जन्माएकी थिइन्। बालिका आमा बनेको करिब एक महिनापछि प्रहरीले ती आरोपीलाई पक्राउ गरेको हो। उनी आइतबार पक्राउ परेका हुन्।

    घटना सर्लाहीको हो । तर, पीडक पोखरामा बस्ने गरेका थिए । कास्की प्रहरीले सर्लाही प्रहरीसँगको समन्वयमा आरोपित किशोरलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    गत पुसमा राति साढे नौ बजे ती किशोरले घरमा एक्लै रहेकी किशोरीलाई डरधम्की देखाएर बलात्कार गरेको बयानमा बताएका छन् ।

    पक्राउ परेका ती व्यक्तिलाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology