आश्विन १९, २०७७ सोमवार
•
१९:०४:२१ बजे
पोखरा - लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले कास्कीको तुम्केबाट उनीहरुलाई प्राकौ गरेको हो ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन् ।
उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको कास्कीका डिसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।