Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी दरबाङबाट दिच्याम जाँदै गरेको ट्याक्टर भिरबाट खस्दा एक युवाको मृत्यु

म्याग्दी दरबाङबाट दिच्याम जाँदै गरेको ट्याक्टर भिरबाट खस्दा एक युवाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १९:१५:१६ बजे
  • 1.6K
    SHARES
  • म्याग्दी दरबाङबाट दिच्याम जाँदै गरेको ट्याक्टर  भिरबाट खस्दा  एक युवाको  मृत्यु
    आश तमु म्याग्दी  - विद्यालयको निर्माणाधीन भवनको लागि गिट्टी लिएर दरबाङबाट दिच्याम जाँदै गरेको ट्याक्टर अचानक भिरबाट खस्दा ट्याक्टरमा सवार  एक युवाको  मृत्यु भएको छ ।

    मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका ३ मौवाफाँट बस्ने वर्ष २३को आषिश खत्री रहेका छन । ट्याक्टरमा सवार जिल्ला पर्वत जलजला गाउँपालिक २ बस्ने वर्ष  ३० को प्रविन परियार भने घाइते भएका छन ।

    आइतवार राती ११ बजेको समयमा मालिका गाउँपालिका ७ बिम खरीभिर स्थित दरबाङबाट दिच्याम स्थितमा रहेको भगवती आधारभुत विद्यालयको निर्माणाधीन भवनको लागि गिट्टी लिएर जाँदै गरेको ध १ त ५२६ नं।को ट्याक्टर अचानक भिरबाट अन्दाजी ५००/६०० मिटर तल  खसेको थियो ।

    घाईते भई उपचारको लागि वेनी अस्पताल पठाईएका आषिश खत्रीलाई सोमबार बिहान ६ बजेको समयमा बेनी अस्पतालमा डाक्टरले चेकजाच गर्ने क्रममा मृत्यु घोषणा गरेको हो ।

    घाईते प्रविन परियारलाई थप उपचारको लागि पोखरा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी  कार्यालय म्याग्दीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology