Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दैलेखको ठाटिकाँध गाउँपालिकामा स्थानिय जनताहरूले गरे तालाबन्दी 

दैलेखको ठाटिकाँध गाउँपालिकामा स्थानिय जनताहरूले गरे तालाबन्दी 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७७ मंगलवार • ११:००:११ बजे
  • 4.6K
    SHARES
  • दैलेखको ठाटिकाँध गाउँपालिकामा स्थानिय जनताहरूले गरे तालाबन्दी 
    शेर बहादुर शाही / दैलेख- दैलेखको ठाटिकाँध गाउँपालिकामा स्थानिय जनताहरूले तालाबन्दी गरेका छन । गाउँका युवाहरूको सहयोगमा यहि असोज १९ गते  विभिन्न मागहरू राखेर गाँउपालिकाको कामकारबाहीबाट सन्तुष्ट नभए पछि त्यहाँका जनताले एक विज्ञप्ति जारी गर्दै उक्त तालाबन्दी गरेका हुन ।
    da1.jpeg

    जारी गरिएको विज्ञप्तिमा २०७५/०७६ मा गाँउपालिकाले करार शिक्षक नियुक्तिमा प्रश्नपत्र आउटको अडियो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने, प्रश्नपत्र लिक गर्ने कर्मचारीहरूलाई तत्काल कडा कार्वाही गर्नुपर्ने ,  कोभिड-१९ खर्च भएको दुईकरोडको खर्च को हिसाब पारदर्शी गरिनुपर्ने , सडक निर्माण र स्तरोन्नतिमा भएको ब्रमलूट , आईसोलेसन बनाउनेनाममा भएको वनफडानि को निष्पक्ष छानबिनगरी दोषिलाई कडा भन्दा कडा कार्वाही गर्न मागरिएको छ । विज्ञप्तिमा गाउँपालिकालाई जनप्रतिनिधिहरूले नातागोता र आफन्तहरूको भर्तिकेन्द्र बनाएको आरोप लगाईएको छ । गाउँपालिकाहरूमा जनप्रतिनिधिहरूले मनपरी गरिरहेको चर्चा चलिरहेको देशैभरी चलिरहेको छ ।

    da3.jpeg
    आन्दोलनकारी जनताहरूले गाउँपालिकाको करार शिक्षक नियुक्तिमा भएको प्रश्नपत्र लिक प्रकरण , अनियमितता , भ्रष्टाचार , कोभिड-१९ मा भएको भ्रष्टाचार को छानवीन लगाएतका विषयमा पटकपटक छानबिन गर्न ताकेता गर्दापनि गाउँपालिले  वेवास्ता गरी गैरजिम्मेवार भएको हुँदा  तालाबन्दी गर्नुपरेको बताएका छन । आफ्ना मागहरूको समयमै सम्बोधन नगरिए र जनताका मागहरूलाई वेवास्ता गरिए जनताका तर्फबाट थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित गाउँपालिका नै हुने जनाइएको छ ।
    da4.jpeg

      गाउँपालिकामा एम्बुलेन्स समेत नभएको अबस्थामा पालिकाका अध्यक्ष भने महंगो गाडिमा संघीय राजधानी सयर गरिरहेका छन भने गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत बाबुराम नेपाली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बसेरै गाउँपालिका चलाईरहेका छन । गाउँपालिकामा एम्बुलेन्स नहुँदा हालै एक सुत्केरी को मृत्यु भएको थियो । पालिकाका अध्यक्ष धिरबहादुर शाहिलाई भ्रष्ट भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले एक वर्ष अगाडि  कब्जामा समेत लिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology