Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बागलुङ सेवा समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा दिपक कुमार नेपाली

बागलुङ सेवा समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा दिपक कुमार नेपाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०८१ आइतवार • १२:४४:१३ बजे
  • 2.3K
    SHARES
  • बागलुङ सेवा समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा दिपक कुमार नेपाली

    कुवेत - बागलुङ सेवा समाज कुवेतले  प्रथम अधिवेशन सम्पन्न गरि दिपक कुमार नेपाली लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
    कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा २० सेप्टेम्बर २०२४ शुक्रवार कार्यक्रम संयोजक दिपक कुमारी नेपालीको सभापतित्व तथा नेपाली दूतावास कुवेतका प्रथम सचिव सुजन विडारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि तथा पत्रकारको उपस्थिति रहेको थियो ।

    images

    F8411E50-290B-450E-9483-D9A7C5E6BABA.jpeg

    पहिलो अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तोया मगर, उपाध्यक्ष बिकास मगर, उपाध्यक्ष चेत कुमार  छन्त्याल , उपाध्यक्ष सुकु क्षेत्री , महिला उपाध्यक्ष बिमला थापा, महासचिव गोकुल  महत, सचिव दलवीर सिर्पाली, गोकुल जिसी, सहसचिव डोर बहादुर  कुवर, कोषाध्यक्ष रामु कार्की, सहकोषाध्यक्ष लोकेन्द्र बि क, महिला कोषाध्यक्ष साबित्री खड्का, युवा संयोजन मिलन बिसि र सुबास सुनार चयन भएका छन । 

    C709CFE0-867B-4E88-BF93-8E58D87BB385.jpeg

    त्यस्तै सदस्यहरुमा लोक बहादुर बि क, लक्ष्मीकान्त  शर्मा , महेन्द्र कुवर, याम कुमार बुढा , मिलेन्द्र थापा, किशोर बि क, जगिन्द्र रसाइली, लक्षमन बि क, शोफान बि क , पार्बती पुन, सपना क्षेत्री, आशा सेर्पुजा, रमेश  बि क, सुमन  बि क , प्रदीप  परियार , ओम सुनार, घन प्रसाद बुधाथोकी , युरिका बि क
    , खिम ब.बि क, अश्मिता बोहोरा, तोप प्रसाद श्रीस मगर, बाबु मल्ल, निरमाया बि क, प्रेम श्रीस मगर रहेका छन भने सल्लाहकारमा हिरा दर्लामी , राम बस्नेत, युवराज  गैरे, टिकाराम अचार्या, मनु भुजेल छन ।
                 
    बागलुङका विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा कुवेत आई कार्यरत बागलुङेहरुको भेलाले गत १९ जुलाई २०२४ मा "समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता" नारालाई आत्मसाथ गर्दै तदर्थ समिति गठन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology