कुवेत - कुवेतमा रूपन्देही सेवा समाज गठन भएको छ । “स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै कुवेतको फर्वानियास्थित गार्डेनमा रुपन्देहीबासीहरुको पहिलो भेलाले आज २७ सेप्टेम्बर २०२४ मा मित्र भक्त आचार्यको नेतृत्वमा समाज गठन गरेको हो ।

रोजगारीको शिलशिलामा प्रवासी भूमी कुवेतमा रहेर पनि आफ्नो जिल्ला रूपन्देहीको सामाजिक बिकासमा टेवा पुर्याउने र यहा भएका रूपन्देही बासीहरुलाई एकजुट गराएर हर सुख - दु:खमा सक्दो साथ सपोर्ट दिने र कुवेतको नेपाली समाजमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहकार्य गर्ने उद्देश्यका साथ मित्र भक्त आचार्यको अग्रसरतामा समाज गठन भएको हो ।
उक्त भेलाले रूपन्देही सेवा समाज कुवेत गठन गर्नुको साथै मित्र भक्त आचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी तदर्थ समिति समेत गठन गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा राज भण्डारी, महिला उपाध्यक्षमा आशा थापा, सचिवमा चोकलाल भुर्तेल, सहसचिवमा मनिषा शर्मा रहेका छन भने कोषाध्यक्ष र अर्थ संयोजक/लेखा अर्को बैठकमा टुंगो लगाउने जनाएको छ । त्यस्तै कार्यकारी सदस्यमा होम जंग क्षेत्री, अनिल गॏतम, गम बहादुर पुन, नारायण अधिकारी, जागिसरा सारू, उमा पॏडेल रहेका छन भने समाजको सल्लाहकारमा गम बहादुर सुनार, हेमन्त नगरकोटी रहेका छन ।
समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने अध्यक्ष मित्र भक्त आचार्यले जानकारी दिएका छन । समाजको सल्लाहकार गम बहादुर सुनार र सचिब चोकलाल भुर्टेलको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष आचार्यले कुवेतमा भएका सबै रूपन्देहीबासीहरूलाई फेसबुक मार्फत वा 66469060 नम्बरमा सम्पर्क गरी संस्थामा आवद्द हुन समेत आग्रह गरेका छन ।