ठाॅटिकाॅध गाँउपालिकामा करार शिक्षक नियुक्तिमा प्रश्नपत्र आउटको अडियो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने, प्रश्नपत्र लिक गर्नेकर्मचारीहरूलाई तत्काल कडा कार्वाही गर्नुपर्ने , कोभिड-१९ खर्च भएको दुईकरोडको खर्च को हिसाब पारदर्शी गरिनुपर्ने , सडक निर्माणर स्तरोन्नतिमा भएको ब्रमलूट , आईसोलेसन बनाउनेनाममा भएको वनफडानि को निष्पक्ष छानबिनगरी दोषिलाई कडा भन्दा कडा कार्वाहीगर्नु पर्ने भन्दै आन्दोलनमा उत्रिएका स्थानिय युवाहरुलाई आज गाॅउपालिकाले छलफलका लागी भनेर बोलाएर प्रहरी लगाएर गिराफ्तार गराएको छ।
बिभिन्न माग राखी आनोदलनमा उत्रिएका युवाहरुले हिजो साॅझ मात्र गाॅउपालिकामा तालबन्दी गरेका थिए यस पछी आज गाॅउपालिकाले छलफल गर्ने भन्दै युवाहरुलाई बोलाएको थियो तर युवाहरु गाॅउपालिका पुगेपछी गाॅउपालिकाले प्रहरी बोलाएर आन्दोलनमा उत्रिएका राहुल भुषण बिश्वकर्मा,हिपेन्द्र नेपाली मिलन शशी, जिरा बुढा लगाएत लाई गिराफ्तार गरी एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय तर्फ लगेको स्थानियबासीहरुले मयुरपाटीलाई जानकारी दिईएका छन। स्मरण रहोस केहीसमय पहिला यही गाॅउपालिकामा सुत्केरी ब्यथा लागेको महिला एम्बुलेन्स समय मा नपाएर ज्यान गुमाउनु परेको थियो।