Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाबाट मर्नेको संख्या नेपालमा बढी

कोरोनाबाट मर्नेको संख्या नेपालमा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७७ बुधवार • ०८:४५:२१ बजे
  • 1.1K
    SHARES
  • कोरोनाबाट मर्नेको संख्या नेपालमा बढी

    नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो ।

    images

    त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन् । नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘कारणबारे थप अध्ययन हुनुपर्छ,’ उनले भने । ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति छ भन्ने कुरामा भरपर्छ,’ उनले भने ।

    नेपालमा युवा उमेरका मानिसको कोभिड–१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरुले जनाएका छ्न । विकसित देशको तुलनामा ७० वर्षमाथिका वृद्धहरुको संख्या कम हुनु र बढी मात्रा युवा समुहमा नै कोरोना संक्रमण हुनुले ५० वर्ष मुनिका व्यक्तिको मृत्यु बढी भएको उनीहरुको तर्क छ । कम उमेरका भए पनि उनीहरु कुनै न दीर्घ रोगबाट प्रभावित भएकाले यो उमेरमा कोरोना संक्रमितको मृत्यु भएको हुन सक्ने राष्ट्रिय इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीको विश्लेषण छ । नागरिक दैनिकबाट

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology