Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वागलुङ जिल्लामा २७ नेपाली सेना सहित ३२ जनामा कोरोना पुष्टी

वागलुङ जिल्लामा २७ नेपाली सेना सहित ३२ जनामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २१, २०७७ बुधवार • १३:१६:२० बजे
  • 1.3K
    SHARES
  • वागलुङ जिल्लामा २७  नेपाली सेना सहित ३२ जनामा कोरोना पुष्टी
    पोखरा - बुधवार वागलुङ जिल्लामा २७ जना नेपाली सेना सहित ३२ जनामा कोरोना पुष्टी भएको छ । 

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा काठेखोला १ २२ वर्षीय पुरुष, २ का ३० वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, वागलुङ नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा वागलुङ नगरपालिका २ का २२ देखि ४२ वर्षीय उमेर समुहका नेपाल आर्मीमा कार्यरत २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारि भैरहेको  निर्देशानलयले जानकारी दिएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४३७५ पुगेको छ |

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology