Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गलकोट समाज जापानको आर्थिक सहयोगमा हरिचौरमा आँखा उपचार केन्द्रको भवन निर्माण

गलकोट समाज जापानको आर्थिक सहयोगमा हरिचौरमा आँखा उपचार केन्द्रको भवन निर्माण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २१, २०७७ बुधवार • १५:५१:४३ बजे
  • 1.5K
    SHARES
  • गलकोट समाज जापानको आर्थिक सहयोगमा हरिचौरमा आँखा उपचार केन्द्रको भवन निर्माण
    गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्रको भवन निर्माण भएको छ । गलकोट समाज जापानको आर्थिक सहयोगमा  रु ७४ लाख ६० हजारको लागतमा केन्द्रको तीनतले भवन निर्माण भएको हो ।

    निर्माणका लागि समाजले रु ६७ लाख उपलब्ध गराएको थियो भने बाँकी अन्य स्रोतबाट जुटाइएको हो ।केन्द्रको भवन बनाउन समाजले दुई वर्षअघि जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । भवनका लागि थीरवम पुस्तकालयले दुई आना जग्गा निःशुल्क उपलब्ध गराएको थियो ।

    भवनको भुइँ तलामा केन्द्र, दोस्रो तलामा थीरवम पुस्तकालय र तेस्रो तलामा सभाकक्षसहित समाजको सम्पर्क कार्यालय रहने जनाइएको छ । अङ्गेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमको टिकट बेचेर आर्थिक सङ्कलन जुटाइएको समाजले जनाएको छ । 

    गलकोटबाट रोजगारी र अध्ययनका सिलसिलामा जापान पुगेका अधिकांश व्यक्ति सहयोग अभियानमा जोडिएका थिए । गाउँमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनुपर्ने बाध्यता अब हट्ने भएको छ । जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र सदरमुकाममा छ । समाजले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई केही वर्षअघि एम्बुलेन्स लगायत लाखौँ मूल्य पर्ने स्वास्थ्य उपकरणसमेत प्रदान गरेको थियो । 

    सन् २००६ मा स्थापित समाज मानवीय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील छ । गत भदौ १७ गते ढोरपाटनको भूजीखोलामा आएको बाढीबाट प्रभावित परिवारलाई रु २७ लाखबढी राहत प्रदान गरेको समाजले हालै ताराखोला गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ । गलकोट समाज नेपाल, अष्टे«लिया, जापानसहित दर्जनबढी देशमा सक्रिय छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology