अमित विश्वकर्मा,म्याग्दी/पर्वत बेनीमा बस्दै आउनुभएकी मृगौला पीडित जमिला खातुनको उपचारमा सहयोग पुगोस भनी लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले रु ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका छन । क्लबको तर्फबाट रु ५४ हजार ७८५ र समाजको तर्फबाट रु २० हजार पिडितत जमिला खातुनलाई बुधबार हस्तान्तरण गरिएको हो ।
लायन्स कल्ब अफ बेनी सिटीका अध्यक्ष अमित बाँनिया, कल्बका संस्थापक अध्यक्ष अम्बिककुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र कल्बका सदस्यहरु, मुस्लिम समाजका अध्यक्ष रहमत खाँन र समाजका सदस्यहरुको उपस्थितिमा पीडितलाई सो सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कल्बले आफ्नो बार्षिक कार्ययोजना अनुसार बे.न.पा.(६ डम्बरामा ३०० थान बिभिन्न जातिका बिरुवाहरु रोपण, जिल्लाका पहिरो पिडीतहरुलाई सहयोग हस्तान्तरण, बे.न.पा.(५ पुलाचौरमा रहेको पुलाश्रम मन्दिर वरीपरी रुद्राक्ष र एभोकाडोको ५० थान बिरुवा रोपण पनि गरिसकेको छ भने कोभिड–१९ को संक्रमणबाट बच्नका लागी स्वास्थ्य साम्रागी फेससिल म्याग्दी जिल्लाको ५ वटै गाँउपालिकाहरुमा ५०, ५० वटाका दरले बितरण गरेको थियो ।
आगामी दिनमा कल्बको बार्षिक कार्ययोजना अनुसार बिभिन्न कार्यक्रमहरु गरिदै जाने कल्बका अध्यक्ष अमित बाँनियाले जानकारी दिनु भएको छ ।