Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जाजरकोटमा जीप दुर्घटना अपडेट :

जाजरकोटमा जीप दुर्घटना अपडेट : वडाध्यक्षसहित पाँच जनाको मृत्यु , दुईजना पानीमा बेपत्ता

जाजरकोटमा जीप दुर्घटना अपडेट : वडाध्यक्षसहित पाँच जनाको मृत्यु , दुईजना पानीमा बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २१, २०७७ बुधवार • १७:३२:५६ बजे
  • 1.6K
    SHARES
  • जाजरकोटमा जीप दुर्घटना अपडेट : वडाध्यक्षसहित पाँच जनाको मृत्यु , दुईजना पानीमा बेपत्ता
    जाजरकोट - जिल्लाको जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे१ज९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही,  ख्यामबहादुर शाही , वडा ५ की  मालिका बस्नेत, कृष्णबहादुर शाही मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए। त्यस्तै दुईजना पानीमा बेपत्ता भएको उनले जानकारी दिए।

     जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो।  जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। जिप खोलामा परेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology