Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा किरात समुदायले यक्वा तङ्नाम, साकेला उभौली र सालिवा श्यादर पिदार आगामी मे १६ मा मनाउने

कुवेतमा किरात समुदायले यक्वा तङ्नाम, साकेला उभौली र सालिवा श्यादर पिदार आगामी मे १६ मा मनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०८१ सोमवार • २०:३५:३३ बजे
  • 2.6K
    SHARES
  • कुवेतमा किरात समुदायले यक्वा तङ्नाम, साकेला उभौली र सालिवा श्यादर पिदार आगामी मे १६ मा मनाउने

    कुवेत — कुवेतमा कार्यरत किरात समुदायले यक्वा तङ्नाम, साकेला उभौली र सालिवा श्यादर पिदार आगामी १६ मे २०२५ मा मनाउने भएका  छन । 

    images

    किरात याक्थुङ चुम्लुङ कुबेत, किरात राइ यायोखा कुबेत र सुनुवार सेवा समाज कुबेतले किरात समुदायको महान सांस्कृतिक पर्वहरू यक्वा तङ्नाम, साकेला उभौली र सालिवा श्यादर पिदार संयुक्त रुपमा भव्यताका साथ मनाउने तयारी गरेका हुन ।

    उक्त अवसरमा नेपालबाट अतिथि कलाकार सहित सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल र सबै समुदायको सहभागितायोग्य बनाउन अन्य सम्पूर्ण संघ–संस्थाहरुलाई सोही दिन कुनै पनि कार्यक्रम नजुधाउन समेत अनुरोध गरेका छन । 

    कार्यक्रमको स्थान र अतिथि कलाकारहरूको विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन । किरात समुदायको पहिचान, संस्कृति र एकता झल्किने यो पर्व हरेक वर्ष कुबेतमा विशेष महत्वका साथ तीन किराती सस्थाले संयुक्त रुपमा मनाउदै आएका छन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology