कुवेत - तमू समाज कुवेतले आयोजना गरेको 'नवौं वृहत रक्तदान कार्यक्रममा' १२९ जना नेपाली रक्तदाताहरुले रक्तदान गरेका छन ।
समाजले “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ तमू समाज कुवेतले नवौं वृहत रक्तदान कार्यक्रम २३ मे २०२५ शुक्रबारको दिन कुबेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न गरेको हो । उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको कार्यक्रममा पुरुष ९९ र महिला ३० जना रक्तदाताहरुले रक्तदान गरेका हुन ।
समाजका अध्यक्ष रन्जना गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी काउन्सेलर सुजनी राणाको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतको प्रतिनिधि डा अह्ममद अली (Dr Ahmed Aly) पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायतको बिशेष आतिथ्यता रहेको थियो । यसैगरी कुवेतमा कृयाशिल रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजिवी र रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि काउन्सेलर सुजनी राणाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरु लाई धन्यवाद दिँदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज कुवेतको खुलेर प्रसंशा गरेका थिए । शुभकामनाकै क्रममा ब्लड बैंकका प्रतिनिधि (Dr Ahmed Aly) NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङले शुभकामना मन्तव्य दिएका थिए ।
समाजको (भूतपूर्व अध्यक्ष) राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष रन्जना गुरुङले जीबन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउँदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउँदै नवौ वृहत रक्तदान कार्यमा सभागी नेपाली राजदूतावास कुबेत, नेपाली संघ संस्था एवं पत्रकार, सहयोगी लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै कुवेतमा रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका धेरै बिरामीहरुलाई तमू समाजको पहलमा रगत उप्लब्ध गराउदै आएको छ।
कार्यक्रम लाई सम्पन्न गर्नको लागि एनआरएनए कुवेतका पुर्व अध्यक्ष तथा व्यवसायी समाजसेवी सुजन केसी, समाजसेवी किरण आले मगर, समाजका सल्लाहाकार सुमन गुरुङ, सदस्य केश गुरुङद्वारा बिषेश सहयोग गर्नु भएको थियो । भने कुबेतमा युवाहरुको जमात नेपाल कुवेत सरोकार समाज परिवारको संस्थागत वृहत सहभागिता रहेको थियो ।