Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८२ आइतवार • १५:१२:४८ बजे
  • 760
    SHARES
  • नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

     

    images

    कुवेत — नेपाल परोपकार समाज कुवेतको चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आगामी ८ अगष्ट २०२५ मा हुने भएको छ । 

    उक्त मितिमा अन्य संघसंस्थाले कार्यक्रम नजुधाउन समेत अनुरोध गरेको छ । कुवेतस्थित खैतानको राजधानी होटलमा हुने कार्यक्रममा सबै नेपाली संघसंस्था, प्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा शुभेच्छुकहरूलाई विशेष आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

    आप्रवासी नेपाली श्रमिकहरूको सेवामा समर्पित संस्था नेपाल परोपकार समाज कुवेतको स्थापना सन् २०२० मा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको थियो । संस्थाले स्थापना देखिनै सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आएको छ । हालसम्म समाजले करिब ८०० भन्दा बढी पीडित नेपाली कामदारहरूको उद्धार गरी स्वदेश फिर्ता गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । साथै संस्थाले आगामी अधिवेशन सफल र सर्वसमावेशी बनाउन सबैको सहयोग र उपस्थितिको अपेक्षा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology