कुवेत - सोल्टी ग्रुपको आयोजनामा कुवेतमा 'सोल्टी म्युजिकल इभेन्ट' हुने भएको छ । हालका चर्चित गायक दुर्गेश थापा र लोकप्रिय गायिका अस्मिता अधिकारीसहित पाँचजना कलाकारले उक्त कार्यक्रममा साङ्गीतिक प्रस्तुती दिने भएका छन् ।
कुवेतको जिलिबस्थित अस्पायर इण्डियन स्कुलमा हुने कार्यक्रममा गायिका मिरा पोखरेल, गायक जितु लोप्चन र कृष्ण रिउलेको पनि सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । सोल्टी म्युजिकल इभेन्ट आगामी जुन ७ तारिख, शुक्रबारका दिन मध्यान्ह २ बजेबाट सुरु हुनेछ ।
कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको सोल्टी ग्रुपका सदस्य विकास सिंह ठकुरीले जानकारी दिए । उनले कुवेतमा श्रमरत नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाए ।