कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आफ्नो १६औं स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
खैतान स्थित राजधानी रेस्टुरेन्टको सभाहलमा जुन २७ तारीख शुक्रबारको दिन दिनको ठिक २ बजे बाट सुरु हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको हो ।
सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा "श्रमिक सचेतना कार्यक्रम २०२५" आयोजना गरि मनाउने तयारी सहित "माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार "पनि प्रदान गरिने छ । १४ औं स्थापना दिवसबाट सुरु गरिएको "माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार " हरेक स्थापना दिवसको अवसरमा कुवेत रहि पत्रकारिता गर्दै आएका विभिन्न मिडियामा आवद्ध रहि योगदान दिएकाहरु बाट उत्कृष्ट एक जना छनौट गरि दिदै आएको छ।
कुवेतमा रहेका सम्पुर्ण नेपाली समुदाय लगायत बुद्धिजीवी, समाजसेवी, राजनीति कर्मी , खेलाडी, पत्रकार सहित विभिन्न संघ संस्थामा आवद्ध समुदायलाई उपस्थितिको लागि शाखाका अध्यक्ष राज मल्लद्वारा निमन्त्रणा गरिएको छ ।