Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापाली समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा लिला पाण्डे

झापाली समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा लिला पाण्डे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८२ शुक्रवार • १८:३४:५३ बजे
  • 2.3K
    SHARES
  • झापाली समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा लिला पाण्डे

    कुवेत - झापाली समाज कुवेतको छैटौँ अधिवेशन ११ जुलाई २०२५ मा सम्पन्न भएको छ । समाजको छैटौँ अधिवेशन बाट लिला पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

    images

    मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी रहेका थिए भने विशेष आतिथ्यतामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा लगायत कुवेतमा कृयाशिल विभिन्न संघ- सस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार , समाजसेवी, कलाकारहरुको उपस्थित रहेको थियो । 

    457B3B8A-C55E-4DC1-B074-B0F95723709F.jpeg

    समाजका संरक्षक गोविन्द प्रसाद तिम्सिनाको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव राम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बक्ताले शुभकामना सहित समाजले गरेको मानवीय र सामाजिक सेवाको प्रशंसा गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जोशीले प्रवासमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि सामाजिक कार्यमा सकृय रहेको भन्दै प्रशंसा गरेका थिए ।  कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि दूतावास सदैव तयार रहेको जोशीले बताए । 

    FF7CBE3F-8745-4520-9000-7897178C1A40.jpeg

    कार्यक्रममा मगर संघ कुवेत, तमु समाज कुवेत र नेपाल कुवेत सास्कृतिक मन्चका कलाकाहरुलेबेजोड साँस्कृतिक प्रस्तुति दिएका थिए । समाजले पत्रकार, कलाकार र सस्था प्रति योगदान गरेकासमाजका संरक्षक गोबिन्द प्रसाद तिम्सिनालाई सम्मान गरेको थियो । समाजमा नयाँ ११ जनाले आजीवन सदस्यता लिएका थिए । त्यसैगरी निर्वाचन  प्रमुख लोमश बास्तोला र सदस्य सचिव भुवन सुबेदीले निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए ।

    D15DD8FF-7A3E-48E4-AEBF-A52BE64487BD.jpeg

    झापाली समाज कुवेतको छैटौ महाधिवेशनबाट निर्वाचित २०२५–२०२७ का लागि कार्यसमितिमा महिला उपाध्यक्ष कल्पना कार्की, उपाध्यक्ष प्रेम कार्की र राजिब बान्तवा राई , महासचिब राम न्यौपाने, सचिब गोबिन्द न्यौपाने, कोषाध्यक्ष गोबिन्द कार्की, प्रवक्ता  कान्ति प्रसाद अधिकारी, युवा संयोजक सागर जंग क्षेत्री, महिला संयोजक सुजता बस्नेत, सदस्यहरु सुनीता चूड़ाल, अम्बिका थापा, सितादेवी भण्डारी, नवराज बिमली, विजय धिमाल, मनिष भट्टराई, दिपेन लिम्बु, किरण लिम्बु, सुबास राई, बबिता बराइली, तिलमाया पोखरेल, अम्बिका ढकाल भुर्तेल, मणी अधिकारी, मनिका मुखिया, डिल्ली कुमार आर्याल, राम कुमारी राई, रत्न माया नेम्बाङ, बिन्दु अधिकारी, ईन्दिरा बिष्ट, नबिन धिमाल र उद्धब अधिकारी रहेका छन ।

    DBA45160-63F7-4C14-BA64-4EB356434D0C.jpeg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology