Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरेम सांगीतिक उत्सव १२ डिसेम्बरमा हुने

निरेम सांगीतिक उत्सव १२ डिसेम्बरमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८२ आइतवार • १९:१३:५४ बजे
  • 1.9K
    SHARES
  • निरेम सांगीतिक उत्सव १२ डिसेम्बरमा हुने

    कुवेत - निरेम प्रोडक्सनको वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने भएको छ । 

    images

    गत शुक्रबार निरेम प्रोडक्सनले कुवेतस्थित होटल राजधानिमा आयोजना गरेको सन्धाकालिन एक भब्य कार्यक्रम 'निरेम मिट् एण्ड ग्रीट' को अवसरमा तेस्रो संस्करणको' घोषणा गरेको हो । ‘निरेम सांगीतिक उत्सव २०२५’ शीर्षकमा आयोजना हुन लागेको यो कार्यक्रम विगत दुई संस्करणको सफलतापछि थप भव्य रूपमा प्रस्तुत गरिने तयारीमा रहेको निरेमले जनाएको छ । 

    पहिलो संस्करणमा लोकप्रिय गायक कमल खत्री, गायिका मेलिना मैनाली र नृत्याङ्गना कविता नेपालीले आफ्नो प्रस्तुति दिएका थिए। दोस्रो संस्करण भने गत फेब्रुअरीमा सम्पन्न भएको थियो, जसमा गायिका तृष्णा गुरुङ र गायक हिमाल सागरले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । ती कार्यक्रमहरूमा कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिता देखिएको थियो ।

    तेस्रो संस्करणको स्थान र अतिथि कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने आयोजक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कार्यक्रमको मूल उद्देश्य भनेको कुवेतमा बसोबास गर्ने नेपाली समुदायलाई संगठित गर्दै, नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धन गर्नु हो।

    निरेम सांगीतिक उत्सवलाई समुदायबीचको आपसी सम्बन्ध बलियो बनाउने र प्रवासी जीवनमा सकारात्मक ऊर्जा थप्ने माध्यमको रूपमा लिइएको छ। आयोजकले सबैलाई डिसेम्बर १२ मा आयोजना हुने यस सांगीतिक यात्रामा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रह गर्दै, कार्यक्रमसम्बन्धी थप जानकारी आफ्ना आधिकारिक डिजिटल प्लेटफर्महरूमा क्रमशः सार्वजनिक गरिने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology