Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जनप्रगतिशील मोर्चा कुवेतबाट आर्थिक सहयोग

नेपाली जनप्रगतिशील मोर्चा कुवेतबाट आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०८२ आइतवार • १८:५४:२५ बजे
  • 3.0K
    SHARES
  • नेपाली जनप्रगतिशील मोर्चा कुवेतबाट आर्थिक सहयोग

     

    images

    कुवेत - नेपाली जनप्रगतिशील मोर्चा कुवेतले आर्थिक सहयोग गरेको छ । मंगला गाउपाँलिका -५ , म्याग्दीका विवश विश्वकर्माको परिवारलाई रु. २० हजार र बन्दीपुर  -३, सेरेटार तनहुँकी क्यासर पीडित पबित्रा बिकलाई रु. १० हजार आर्थिक सहयोग गरेको हो ।

    वैदेशिक रोजगारीको शिलशिलामा रोमानीया पुगेका विवशको सडक दुर्घटनामा परी निधन भएको थियो । मृतकको घरको आर्थिक अवस्था नाजुक भएकाले संगठनका पदाधिकारीहरुबाट आर्थिक सङ्कलन गरी सहयोग गरिएको अध्यक्ष शेर सुनारले जानकारी दिएका छन । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीका इन्चार्ज धुर्व घिमिरेले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    85872AD8-0D3E-4ACD-9026-3C8D85B8F650.jpeg

    त्यस्तै बिगत लामो समयदेखी क्यान्सर रोगबाट ग्रसित पबित्रा बिकको पनि घरको आर्थिक अवस्था दयनीय भएकाले उपचारमा समेत समस्या भईरहेको छ । मोर्चाले उनको उपचारार्थ उक्त रकम सहयोग गरेको हो ।

    मोर्चाले सातौ बैठक सम्पन्न गर्दै कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई मोर्चामा आबद्द हुन समेत अनुरोध गरेको छ । त्यस्तै कुवेतमा केही दिन यता मेथानोल मिसावट विषाक्त मदिराका कारण ज्यान गुमाउने प्रति श्रध्दाञ्जली अर्पन गर्दै अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    मोर्चाले  कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई विषाक्त मदिरा नपिउन साथै कुवेतमा प्रतिबन्ध रहेको मदिरा उत्पादन गरि विक्रि वितरण गर्ने जस्ता गलत कार्य नगर्न समेत अनुरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology