Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा निरेम म्युजिक फेस्ट २०२५ स्थगित

कुवेतमा निरेम म्युजिक फेस्ट २०२५ स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०८२ आइतवार • १८:१८:१८ बजे
  • 1.9K
    SHARES
  • कुवेतमा निरेम म्युजिक फेस्ट २०२५ स्थगित

    कुवेत - निरेम ग्रुप अफ कम्पनी अन्तर्गतको निरेम प्रोडक्सनद्वारा आगामी डिसेम्बर १२ मा आयोजना हुने भनिएको “निरम म्युजिक फेस्ट २०२५” अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

    images

    नेपालमा गत ८ र ९ सेप्टेम्बरमा जेनजी द्वारा भएको आन्दोलन र त्यसका अल्पकालीन तथादीर्घकालीन असर, साथै स्वदेशमा विद्यमान पीडादायी अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो ।

    प्रोडक्सनका प्रमुख प्रेम जिमीका अनुसार करिब ५० प्रतिशत तयारी पूरा भइसकेको भए पनि, नेपालको विषम परिस्थिति र आगामी छ महिनाभित्र अन्तरिम सरकारले निर्वाचन सम्पन्न गर्नु पर्ने बाध्यतापूर्ण अवस्थाका कारण यो कदम चाल्नुपरेको हो।

    यसअघि निरम प्रोडक्सनले सन् २०२३ र २०२५ मा दुईवटा भव्य संगीत समारोह सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology