Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन सम्पन्न, नेतृत्वमा धर्म तामाङ

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन सम्पन्न, नेतृत्वमा धर्म तामाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०८२ शनिवार • १९:११:०३ बजे
  • 2.5K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन सम्पन्न, नेतृत्वमा धर्म तामाङ

    कुवेत -  नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन सम्पन्न भएको छ । समाजको  पाँचौँ अधिवेशनबाट नेतृत्वमा धर्म तामाङ सर्वसम्मत निर्वाचित भएका छन । 

    images

    त्यसैगरी वरिष्ठ उपाध्यक्ष राजु पुन मगर, उपाध्यक्ष हरि वंश मैनाली, महिला उपाध्यक्ष पिङ्की मगर, उपाध्यक्ष हरि केसी (आयुष),  उपाध्यक्ष विष्णु माया बोलन, उपाध्यक्ष रुपक थापा, महासचिव जीवन निरौला, सचिव ग्रीदल डाँगी, सह - सचिव भवानी भण्डारी, कोषाध्यक्ष पेमा लामा, सह- कोषाध्यक्ष कृष्ण बहादुर तामाङ, युवा संयोजक प्रविन तामाङ, महिला संयोजक रिना दाहाल, युवा सह-संयोजक सोम लामा, महिला सह-संयोजक मनिषा स्याङतान, सास्कृतिक संयोजक श्याम पाख्रीन निर्वचित भएका छन । त्यस्तै कार्यसमिति सदस्य १२० जना सर्वसम्मत निर्वाचित भएका छन । समाजको संस्थापक संरक्षक अर्जुन तामाङ, संस्थापक संरक्षक धुर्ब कुमार संग्रौला, संरक्षक दिनेश गुरु, संरक्षक चित्र बहादुर मगर, संरक्षक राम चन्द्र कार्की, संरक्षक प्रेम तितुङ्ग, संरक्षक टिकाराम आचार्य, बरिष्ठ सल्लाहकार दामोदर बटाला, सल्लाहकार होम पाख्रीन, सल्लाहकार रमिता योञ्जन, सल्लाहकार रोशन थापा, सल्लाहकार सोम लामा, सल्लाहकार मोहन राई, सल्लाहकार पदम मोक्तान, सल्लाहकार रहमदिन मियाँ र सल्लाहकार चक्र बोम्जन रहेका छन ।

    77A6167B-FF39-4850-893F-CDFA2849AC85.jpeg

    कुवेतस्थित कबदको सभाहलमा ३१ अक्टोबर शुक्रवारको दिन समाजका अध्यक्ष शूर्य लामाको सभाध्यक्ष तथा नेपाली दूतावास कुवेतका श्रमसहचारी गिरी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा पाँचौँ अधिवेशन समारोह सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष द्वय दिल कुमार पाख्रिन, बिकास बहादुर सिह, एनआरएनए एनसीसी कुवेतका संस्थापक अध्यक्ष राजेन्द्र तामाङ, भूतपूर्व अध्यक्षहरु अर्जुन तामाङ, सुजन केसी, रणध्वज लामा, आईसीसी सदस्य होमनाथ गिरी, मध्यपूर्व संयोजक सुरज मास्के, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष चन्द्र गोतामे , नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखा अध्यक्ष बल बहादुर काम्बाङ लिम्बु लगायतको विशेष आतिथ्यता रहेको थियो भने नेपाली राजनितीक दलका वैदेशिक भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकार, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि साथै समाजसेवी, वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

    समाजका संरक्षक टीकाराम आचार्यको सँचालन रहेको कार्यक्रममा महासचिव जीवन निरौलाले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा प्रमुख अतिथि , विशेष अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै समाजका संरक्षक धुर्ब कुमार संग्रौलाको संयोजकत्वमा रहेको निर्वाचिन समितिले निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology