Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइतबार बिहान थप ६२ जनामा कोरोना

बाग्लुङमा ३० नेपाली सेना र पोखरामा २१ जनालाई कोरोना पुष्टी

बाग्लुङमा ३० नेपाली सेना र पोखरामा २१ जनालाई कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २५, २०७७ आइतवार • ०९:०४:२६ बजे
  • 1.5K
    SHARES
  • बाग्लुङमा ३० नेपाली सेना र पोखरामा २१ जनालाई कोरोना पुष्टी
    पोखरा । गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६२ जना संक्रमितहरु थपिएका हुन् । नयाँ संक्रमितहरुमा बाग्लुङका ३६ जना, कास्कीका २१ जना र लमजुङका ५ जना रहेका छन् ।

    नयाँ संक्रमितहरुमा बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायी रहेका छन् ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत छन् भने वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् । 

    अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

    गण्डकी प्रदेशमा अहिलेसम्म ४७५३ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३२२७ जना ठिक भएका छन् ।
    121035231_190394505801668_4752362748361185898_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology