Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखा समाज कुवेतको अधिवेशन ६ फेब्रुअरी २०२६ मा हुदैँ

गोरखा समाज कुवेतको अधिवेशन ६ फेब्रुअरी २०२६ मा हुदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०८२ सोमवार • १९:००:३९ बजे
  • 2.2K
    SHARES
  • गोरखा समाज कुवेतको अधिवेशन ६ फेब्रुअरी २०२६ मा हुदैँ

    कुवेत – गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ मा हुने भएको छ ।
     
    “गोरखा हाम्रो सान नेपालीको पहिलो पहिचान” भन्ने नारा सहित कुवेतको नेपाली समाजमा स्थापना भएको समाजले खैतान स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा अधिवेशन गर्ने तयारी रहेको संयोजक मदन पनेरुले जानकारी दिएका छन ।
     
    गोरखा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा गर्दै आएका गोरखाका दाजु भाई तथा दिदीबहिनीहरु समाजमा आबद्द हुन समेत संयोजक पनेरुले आग्रह गरेका छन । 

    images

    कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology