कुवेत - कुवेतको नेपाली समाजमा भर्खर स्थापना भएको सस्था युवा शक्ति कुवेतले पहिलो चरणअन्तर्गतको सामुद्रिक तटीय सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।
कुवेतको साल्मिया क्षेत्रमा रहेको मरिना सामुद्रिक तटीय (Marina Beach) मा सस्थाका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूले १९ डिसेम्बर २०२५ शुक्रवार सरसफाइ अभियान सम्पन्न गरेको हो ।

सस्थाले स्थानीय सरकारको आवश्यक अनुमति लिएर सामुद्रिक तटमा छरिएका प्लास्टिक, कागज, बोतललगायतका फोहरजन्य सामग्रीहरू संकलन गरी व्यवस्थापन गरिएको थियो ।
उक्त सरसफाई अभियानमा नेपाली दूतावास कुवेतका तृतीय सचिव नवीन पराजुली साथै गैरआवासी नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष विकास सिंह ठकुरी लगायत विभिन्न व्यक्तित्वको समेत सहभागिता रहेको थियो । तृतीय सचिव नवीन पराजुलीले उक्त कार्यको प्रशंसा गतेका थिए ।