Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रम संस्कृति पार्टीको प्रवास समिति कुवेतको घोषणा सभा जनवरी १६ मा हुने

श्रम संस्कृति पार्टीको प्रवास समिति कुवेतको घोषणा सभा जनवरी १६ मा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०८२ शुक्रवार • २०:२५:१० बजे
  • 1.9K
    SHARES
  • श्रम संस्कृति पार्टीको प्रवास समिति कुवेतको घोषणा सभा जनवरी १६ मा हुने

    कुवेत – धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियानको प्रवासी सभा कुवेतले आगामी जनवरी १६, २०२६ मा औपचारिक घोषणा सभा आयोजना गर्ने भएको छ।

    images

    प्रकृति, संस्कृति र प्रविधिको समन्वयमार्फत विकास र समृद्धिको लक्ष्यसहित स्थापना गरिएको यस अभियानको तदर्थ समिति कुवेतमा इन्दिरा राईको संयोजकत्वमा गठन भइसकेको छ। समितिकोपहिलो औपचारिक बैठक २०२५ नोभेम्बर २८, शुक्रबार का दिन साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

    हालसम्म सयौँ श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू श्रम संस्कृति महा अभियानमा आबद्ध भइसकेका छन्। प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित, चेतना र एकतालाई थप मजबुत बनाउँदै अभियानलाई निरन्तर रूपमा अगाडि बढाउने उद्देश्यले कुवेतवासी नेपाली श्रमिकहरूलाई अभियानमा जोडिन निरन्तर आह्वान गरिँदै आएको छ।

    यसै सन्दर्भमा, आगामी जनवरी १६, २०२६ शुक्रवारका दिन कुवेतको फर्वनिया स्थित नौसाद सिग्नेचरहोटल मा कुवेतमा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, बुद्धिजीवी, पत्रकार तथा समाजसेवीहरूको उपस्थितिमा श्रम संस्कृति महा अभियानको औपचारिक घोषणा सभा आयोजना गर्ने निर्णय गरिएकोछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology