Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकार महासंघ कुवेत शाखाद्धारा पत्रकार सुरेश कुमार गुरुङलाई गर्यो बिदाई

पत्रकार महासंघ कुवेत शाखाद्धारा पत्रकार सुरेश कुमार गुरुङलाई गर्यो बिदाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०८२ शनिवार • ०६:५९:४१ बजे
  • 1.2K
    SHARES
  • पत्रकार महासंघ कुवेत शाखाद्धारा पत्रकार सुरेश कुमार गुरुङलाई गर्यो बिदाई

    कुवेत — नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले फोटो पत्रकार सुरेश कुमार गुरुङ्लाई एक विशेष कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । 

    images

    अध्यक्ष एकराज मल्लको सभाध्यक्षतामा साल्मियास्थित एसियन चुलो रेस्टुरेन्टमा २६ डिसेम्बर २०२५ शुक्रवार पत्रकार महासंघका पदाधिकारी, नेपाली समुदायका प्रतिनिधि लगायतको उपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, निरेम ग्रुप कुवेत, कुवेत नेपाल डटकम र माउन्ट एभरेष्टले संयुक्तरुपमा बिदाई गरेका थिए । 

    पत्रकार गुरुङ सस्थापक सदस्य हुँदै हाल कोषाध्यक्ष पद सम्हालिरहेका थिए । कुवेतको नेपाली समाजमा प्रवासी कार्यव्यस्तताको बाबजुद पनि बचेको समयलाई सदुपयोग गर्दै पत्रकारितामा समर्पित रही निकै लोकप्रिय रहेका थिए । उनले फोटो पत्रकारितामा पुर्‍याएको योगदानलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो । पत्रकार गुरुङ विगत २४ वर्ष देखि कुवेतमा कार्यरत छन । लामो वैदेशिक यात्रालाई बिट मारी गुरुङ स्वदेश फर्किन लागेका हुन । 

    कुवेतको पहिलो अनलाईन मिडिया कुवेत नेपाल डटकम र मनकामना डटकममा समेत गुरुङ आवद्ध छन । पत्रकार महासंघ कुवेत शाखाका अध्यक्षले भने "सुरेश कुमार गुरुङले कुवेतको नेपाली समाजमा पत्रकारितामा अमुल्य योगदान पुऱ्याउनुभयो त्यो कदरयोग्य छ । साथै उज्ज्वल भविष्यका लागि  शुभकामना व्यक्त गर्दछु।" 

    यस अवसरमा सुरेश कुमार गुरुङले आफूले पाएको सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा स्वदेशमा पनि पत्रकारितामा सक्रिय रही काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले नेपालमा रहे पनि पत्रकार महासंघ कुवेत शाखा संग सधै सहकार्य गर्ने बताएका थिए । 

    त्यस्तै मनकामना मिडियामा विगत तीन वर्षदेखी आवद्ध रहेका नयाँ सदस्य बेद कुमार गुरुङलाई स्वागत गरिएको थियो । उनले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतमा सदस्यताको लागि निवेदन दिएका थिए । उनले दिएको निवेदनलाई कार्यसमितिले सर्वसम्मत पारित गर्दै आवद्ध गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology