Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा तमु ल्होसारको तयारी पूरा, गायक जिदान गुरुङ ३१ डिसेम्बरमा आईपुग्ने

कुवेतमा तमु ल्होसारको तयारी पूरा, गायक जिदान गुरुङ ३१ डिसेम्बरमा आईपुग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८२ मंगलवार • १८:५२:५६ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा तमु ल्होसारको तयारी पूरा, गायक जिदान गुरुङ ३१ डिसेम्बरमा आईपुग्ने

    कुवेत - वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तमु (गुरुङ) समुदायको साझा संस्था तमु समाज कुवेतले आयोजना गर्न लागिएको 'तमु ल्होछार/ल्होसार २०८२’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । 

    images

    कार्यक्रमका लागि नेपाल बाट अतिथि कलाकार जिदान गुरुङ ३१ डिसेम्बर २०२५ बुधबार बिहान १०:३० बजे कुबेत आइपुग्ने समाजकी अध्यक्ष रन्जना गुरुङले जानकारी दिएकी छिन । 

    अतिथि कलाकार जिदान गुरुङलाई स्वागतका लागि कुवेतको अन्तर्राष्ट्रिय बिमान स्थलमा उपस्थित हुन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी"साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई आयोजकले अनुरोध गरेको छ ।

    कुवेतको हवालीस्थित बोईज स्काउट थ्रीएटरमा आगामी २ जनवरी २०२६ मा हुने कार्यक्रममा भने प्रवेश शुल्क नि:शुल्क रहेको आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology