Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा नया २८ नयाँ गरी गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि ,कहाँ कति ?

पोखरामा नया २८ नयाँ गरी गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि ,कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २५, २०७७ आइतवार • १५:२४:०२ बजे
  • 2.0K
    SHARES
  • पोखरामा नया २८ नयाँ गरी गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि ,कहाँ कति ?
    पोखरामा नया २८ नयाँ गरी गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ३२ जनामा पोजेटिभ देखिएको हो ।

    कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका २८ जना छन् । स्याङ्जाको वालिङ नगरपालिकाका २, भीरकोट नगरपालिकाका १ र तनहुँको व्यास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

    योसहित प्रदेशभर संक्रमितको संख्या ४८ सय १ पुगेको छ । ३२ सय ८४ जना निको भएका छन् ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका ११ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology